लहान : सिरहाको औरही गाउँपालिकाले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको नाममा गरेको भ्रष्टाचारविरुद्ध स्थानीय जनमत पार्टीका यूवाहरुले आज प्रदर्शन गरेका छन् ।
औरही गाउँपालिकाको आज परिषद् हुँदैछ । औरही गाउँपालिका ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा परिषद् भइरहेका बेला युवाहरुले प्रदर्शन गरेका हुन् । निर्वाचित भएदेखि हरहिसाव सार्वजनिक नगरेको यूवाहरुको आरोप छ ।
प्रदर्शनका क्रममा उनीहरुले ‘भ्रष्टाचार है एक बिमारी, दण्डित हो हर भ्रष्टाचारी’ नारा लगाएका थिए । जनमत पार्टीका युवाहरुले गाउँपालिकामा भइरहेको भ्रष्टाचार विरुद्ध पटक पटक आन्दोलन गर्दै आएका छन् ।