काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार दिउँसो फोनवार्ता भएको छ ।
७४ औं स्वतन्त्रता दिवसको अवसरमा २ देशका प्रधानमन्त्रीबीच टेलिफोन सम्वाद भएको हो । परराष्ट्रमन्त्रालयले विज्ञप्ति जारी गरेर फोनवार्ताका क्रममा प्रधानमन्त्री ओलीले भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री मोदी र उनको माध्यमबाट भारत सरकार र जनतालाई हार्दिक बधाइ दिनुका साथै निरन्तर प्रगतिको शुभकामना दिएको जानकारी दिएको छ ।
प्रधानमन्त्री ओलीले मोदीको छिमक प्राथमिकता नीतिको प्रशंसा गर्दै सार्थक द्वीपक्षीय सहयोगका लागि नेपाल तत्पर रहेको बताएको मन्त्रालयले जनाएको छ । सीमा विवादसँगै २ देशका शीर्ष नेतृत्वबीच सम्वाद हुन सकेको बेला २ प्रधानमन्त्रीबीचको सम्वादलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्ने नेपालको प्रस्तावसमेत भारतले स्वीकार गरेको थिएन । पछिल्लो वार्ताले भारत-नेपालबीचको सम्भावदहीनतालाई तोड्को छ । उनले १० अप्रिल २०२० मा भएको सम्वाद स्मरण गरेका थिए ।
मन्त्रालयले २ प्रधानमन्त्रीले कोरोनाविरूद्धको लडाइँमा भएका पछिल्ला प्रयासहरूका बारे विचार व्यक्त गर्दै यस क्षेत्रमा मिलेर काम गर्न सहमत भएको पनि उल्लेख छ । टेलिफोन सम्वादका क्रममा प्रधानमन्त्री ओलीले मोदीलाई भारतले संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको अस्थायी सदस्या चयन भएकोमा बधाइ दिएका थिए ।