बलिउड अभिनेत्री कंगना रनौतको अफिसमा चल्यो डोजर


बलिउड अभिनेत्री कंगना रनौतको मुम्बईस्थित कार्यालयमा डोजर चलेको छ । अवैध ढंगले निर्माण गरिएको भन्दै मुम्बई महानगरले कंगनाको कार्यालय भवनमा डोजर चलाएको हो ।

कंगना रनौतले ट्वीट गरेर घटनाप्रति विरोध जनाएकी छन् । उनले एकपटक फेरि मुम्बई प्रहरीको तुलना ‘पाकिस्तान अधिकृत कश्मीर’ सँग गरेकी छन् । उनको पछिल्लो यो अभिव्यक्तिले हंगामा मच्चिएको थियो ।

कंगना बुधबार मात्रै हिमाचल प्रदेशबाट मुम्बई फर्किँदै छिन् ।उनले बाटोबाटै ट्वीटमा भनेकी छिन्, ‘यस्तो समय जब म मुम्बई दर्शनका लागि एयरपोर्ट गइरहेकी छु, महाराष्ट्र सरकार र उनका गुण्डाले मेरो प्रोपटीमा अवैध तरिकाले तोडफोड गरेका छन् ।’

प्रकाशित : २०७७ भाद्र २४, बुधबार १६:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ