कोरोना परीक्षण गर्दा रुपैया असुली, अस्पतालका तीन कर्मचारी पक्राउ


बाँके : कोरोना परीक्षण गर्दा रुपैया असुली गरेको आरोपमा प्रहरी अस्पताल, नेपालगञ्जका तीन कर्मचारी पक्राउ परेका छन् ।

पीसीआर जाँचको नि:शुल्क सिफारिस गराइदिएर पैसा असुली गरेको पाइएपछि अस्पतालका दुई सुरक्षागार्ड र एक सहयोगी पक्राउ परेका हुन् ।

बाँके प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काले
डाक्टरबाट निशुल्क जाँचको सिफारिस बनाउने र जाँच गराउन आएका व्यक्तिसँग पैसा लिएको पाइएपछि दुई सुरक्षा गार्ड र एक सहयोगीलाई पक्राउ गरिएको जानकारी दिए ।

उनले तीनै जनामाथि अनुसन्धान सुरु भइसकेको बताए । ६ जनासँग पीसिआर परीक्षणको नाममा गार्ड र सहयोगी पैसा लिएको पाइएको उनको भनाई छ ।

गरीव, आर्थिक अवस्था कमजोर र विपन्नलाई डाक्टरको सिफारिसमा नि:शुल्क पीसीआर जाँच गर्ने व्यवस्था मिलाइएको छ । यो बाहेक चिन्ह लक्षण देखिएका बिरामीको पनि निशुल्क पीसीआर जाँच हुने गर्दछ ।

प्रकाशित : २०७७ कार्तिक २६, बुधबार १८:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ