नायिका जूही चावलाको हिराको झुम्का हरायो, भेट्नेलाई पुरस्कार !


काठमाडौं : बलिउड नायिका जूही चावलाको हिराको झुम्का मुम्बई एअरपोर्टमा हरायो। उनले सामाजिक सञ्‍जालबाट झुम्का हराएको सेयर गरिन् ।

१५ वर्षदेखि लगाइरहेको आफ्‍नो झुम्का भेट्नेलाई उनले पुरस्कार दिने घोषणा गरेकी छिन् । मुम्बई एअरपोर्टको गेट नम्बर ८ मा इमरेट्सका लागि चेकइन गरेकी थिइन्। सेक्युरिटी चेकका क्रममा उनको झुम्का हरायो ।

झुम्का खोज्नमा सहयोग गर्न अफिल गर्दै उनले पुरस्कारको समेत घोषणा गरेकी हुन् ।उनले झुम्का हराएको विषय प्रहरीमा समेत जानकारी दिएकी छिन् । जूहीले झुम्काको तस्बिरसमेत सार्वजनिक गरेकी छिन् ।

मुम्बई एअरपोर्टको व्यवस्थापनप्रति आलोचना गर्दै उनले त्यसतर्फ ध्यान दिने एअरपोर्ट प्रशासनलाई आग्रह गरेकी छिन् ।

प्रकाशित : 14 December 2020 11:25 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ