संसद विघटनविरुद्ध जसपाले बुधबार देशभर प्रदर्शन गर्ने


काठमाडौं : प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध जनता समाजवादी पार्टी (जसपा)ले आन्दोलनको घोषणा गरेको छ ।

जसपाले पुस ८ गते बुधबार देशभरका जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रतिनिधिसभा भंग गर्ने निर्णय अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी भएको ठहर समेत गरेको छ ।

बैठकपछि जसपा संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले ट्वीट गर्दै थप संघर्षका कार्यक्रम र रणनीति तय गर्न मंगलबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने जानकारी दिएका छन् ।

प्रकाशित : २०७७ पुष ६, सोमबार १६:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ