लहान : संसद् भंगविरूद्धको प्रदर्शनमा प्रहरीको दमन, अध्यक्ष यादव घाइते


सिरहा : संसद् भंगविरूद्धको प्रदर्शनमा प्रहरीले दमन गर्न थालेका छन् । सोमवार लहानमा भएको प्रदर्शनमा प्रहरीले लाठी चार्जगर्दा समाजवादी विद्यार्थी युनियनका मधेस प्रदेश अध्यक्ष दिपेश यादव घाइते भ एका हुन् ।

युनियनका केन्द्रीय उपाध्यक्ष समेत रहेका यादव लहान अस्पतालमा भर्ना भएका छन् । युनियनका महासचिव वरूण कुमार यादवले विज्ञप्ती जारी गरेर प्रहरीको दमनको घोर भर्त्सना गरेका छन् । संसद् भंग फिर्ता नभएसम्म युनियन कडा आन्दोलन जारी राख्ने विज्ञप्तीमा उल्लेख छ ।

प्रधानमंत्री केपी शर्मा ओलीको असंवैधानिक कदमको बिरोधमा देशभर विरोध भइरहेको छ । कैयौं स्थानमा प्रदर्शनकारीले प्रधानमंत्री ओली र राष्ट्रपती विद्यादेवी भण्डारीको पुत्ला समेत जलाएका छन् ।

प्रकाशित : २०७७ पुष ७, मंगलवार ०९:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ