धनुषाका जसपा नेता राइन ओलीबाट टिका लगाएर नेकपामा प्रवेश गरे


काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य तथा मुस्लिम नेता हाकिम राइन केपी ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन् ।

धनुषाका नेता राइन आइतवार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेकपा अध्यक्ष केपी ओलीलाई भेटी पार्टी प्रवेश गरेका हुन् । उनलाई बालुवाटारमा प्रधानमन्त्रीले पार्टी प्रवेश गराएको युवा संघ प्रदेश २ का अध्यक्ष सन्जिव कुमार झाले बताए ।

मधेशको हित र मुस्लिमको अधिकारका लागि केपी ओलीको नेतृत्व आवश्यक देखेर आफू जसपा परित्याग गरि नेकपा प्रवेश गरेको उनले बताए ।

प्रकाशित : २०७७ पुष २७, सोमबार १३:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ