पेस्तोलसहित ५० वर्षीय पक्राउ


मलंगवा : सर्लाहीमा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । सर्लाहीको  कविलासी नगरपालिका–१० चमेलीमाईबाट ५० वर्षीय अरुण मिश्र पेस्तोलसहित पक्राउ परेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मिश्र सर्लाहीको गोडैता नगरपालिका ८ निवासी हुन् । उनको साथबाट ७.६५ एमएम लेखिएको एक थान पेस्तोल बरामद भएको छ ।

उनीबारे आवश्यक अनुसन्धान जारी भइरहेको प्रहरीले जनाएको छ । भारतसँग खुला सिमाना रहेको प्रदेश  २ का जिल्लामा आपराधिक पछिल्लो समय साना हतियार भित्रिने क्रम जारी बढेपछि प्रहरीले सक्रियता बढाएको छ ।

प्रकाशित : २०७७ माघ ११, आईतवार ०९:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ