मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. साह नियुक्त


जनकपुरधाम : प्रदेश २ सरकारले स्थापना गरेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. रामकेवल साह नियुक्त भएका छन् । प्रदेश सरकारको निर्णय बमोजिम उपकुलपतिमा डा. साह, रजिष्टारमा डा विनोद यादव र रेक्टरमा डा अंकुर साहलाई नियुक्त गरिएको छ ।

मुख्यमन्त्री निवास मधेश भवनमा आयोजित कार्यक्रमकाबीच मुख्यमन्त्री लालबाबु राउतले नवनियुक्त पदाधिकारीहरुलाई नियुक्ती पत्र हस्तान्तरण गरेका छन् । नियुक्त तिनै जनालाई मुख्यमन्त्री राउत, कृषि मन्त्री शैलेन्द्र साह, सामाजिक विकास मन्त्री नवलकिशोर साहले सफल कार्यकालको शुभकामना दिए ।

मुख्यमन्त्री राउतले प्रदेशकै गौरवको योजनाको रुपमा रहेको प्रतिष्ठानको पदाधिकारी नियुक्ती सरकारका लागि गौरवको दिनको रुपमा रहेको बताए । नवनियुक्त पदाकिारीहरुको लागि अवसर र चुनौती दुबै रहेको उल्लेख गर्दै उनले यसै वर्षदेखि एकेडेमिक सेशनहरु संचालन गर्ने पनि बताए ।

प्रादेशिक अस्पताल जनकपुरलाई समेचुत प्रतिष्ठान मातहत रहने गरी प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेको छ । कार्यक्रममा समाजिक विकास मन्त्री नवलकिशोर साहले प्रतिष्ठानले प्रदेश २ लाई स्वास्थ्यका हब बनाउन मद्दत पुग्ने बताए ।

प्रकाशित : २०७७ माघ १८, आईतवार १५:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ