सर्लाही : समाजिक अभियन्ता राजकुमार महतो नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । चन्द्रनगर गाउँपालिकाको बबरगञ्जमा काँग्रेसद्वारा आयोजित बृहत आम सभा तथा पार्टी प्रवेश समारोहमा महतो काँग्रेसमा प्रवेश गरे ।
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधीले अभियन्ता महतोलाई सदस्यता प्रदान गरी पार्टीमा स्वागत गरेका छन् । महतोसँगै चन्द्रनगर गाउँपालिकाका ९७३ जना विभिन्न पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गरेको बताइएको छ ।
भोर नामक संस्थाको अध्यक्ष समेत रहेका महतो विगत १५ वर्षदेखि सामाजिक सेवामा संलग्न भएर मुसहर समुदायको उत्थानमा सक्रिय छन् ।