ट्रकको ठक्करबाट हरिणको मृत्यु, भाग्न खोजेका चालक पक्राउ


चितवन : पूर्व–पश्चिम राजमार्गको रत्ननगर ९ सिंचाईगोट अगाडी ट्रकको ठक्करबाट हरिणको मृत्यु भएको छ । आज बिहान करीब ४ः३५ बजेको समयमा ना ६ ख १४६० नम्वरको ट्रकले ठक्कर दिँदा घटनास्थलमै हरिणको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी सूर्य थापाका अनुसार रौतहटबाट नुवाकोट जाँदै गरेको ट्रकले हरिणलाई ठक्कर दिएर भाग्न खोजेको थियो । ट्रक र चालकलाई प्रहरीले भरतपुर महानगरपालिका १ रामनगरबाट पक्राउ गरेको छ ।

नवलपरासीको देवचुली नगरपालिका १ घर भएका चालक २४ वर्षीय अनिल कुमाल पक्राउ परेका हुन् । उनमाथि आवश्यक कारबाहीका लागि वन कार्यालय चितवन पठाइएको डिएसपी थापाले जानकारी दिए ।

प्रकाशित : 17 February 2021 2:17 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ