जनकपुरधाम : सिरहाको औरही गाउपालिका ५ मा डिहबार मन्दिर बन्ने भएको छ । शुक्रबार पूजापाठ गरी वडाध्यक्ष दिलिप यादवले मन्दिरको शिलान्यास गरे ।
वडाध्यक्ष यादवका अनुसार गाउपालिकाले मन्दिर निर्माणका लागि १५ लाख रुपैया छुट्याएको छ । शिलान्यास समारोहमा गाउपालिका प्रमुख सिदार्थ यादव पनि उपस्थित थिए ।