बटेश्वरका अध्यक्षले लिएको ८ लाख घुस बरामद : अध्यक्ष फरार, गाडी चालक पक्राउ


धनुषा : धनुषा बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीले लिएको ८ लाख घुस रकम बरामद गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले धनुषाकै छिरेश्वर नगरपालिका ५ मा बाटो छेउमा फ्याँकिएको सो नगद बरामद गर्नुका साथै सवारी चालक वीरबहादुर मगरलाई नियन्त्रणमा लिइएको हो ।

मगरले चलाएको प्र.२-०२-००१ झ ०००२ नम्बरको कालो रंगको स्करपियो गाडीमा ८ लाख लिएर भाग्ने क्रममा उक्त रकम बाटो छेउमा फालेर अध्यक्ष फरार भएको अख्तियारले जनाएको छ ।

अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार अध्यक्ष क्षेत्रीले भवन निर्माण सम्पन्नपश्चात भुक्तानी दिने क्रममा सो रकम कमिसन मागेका थिए ।

प्रकाशित : २०७७ फाल्गुन १८, मंगलवार १२:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ