श्रीमतीकी ब्वाइफ्रेन्डको यौनांग काटेपछि २० वर्ष जेल सजाय


काठमाडौं : अमेरिकाको फ्लोरिडामा एक व्यक्तिको यौनांग काटिदिने व्यक्ति एलेक्स बोनिलालाई २० वर्षको जेल सजाय सुनाइएको छ ।

आफ्नो श्रीमतीको प्रेमी रहेको थाहा पाएपछि ५१ वर्षका एलेक्सले ती व्यक्तिलाई सन् २०१९ को जुलाई ४ मा अपहरण गरेका थिए । सो क्रममा एलेक्से उनलाई कुटपिट मात्र गरेनन्, उनको यौनांग पनि काटिदिएको डेलिमेलले जनाएको छ ।

फ्लोरिडाको गिलक्रेस्ट काउन्टीको अदालतले गत महिना मात्र एलेक्सलाई यस मुद्दामा पूर्ण रुपमा दोषी पाएपछि २० वर्षको जेल सजाय साथै २ लाख ५१ हजार अमेरिकी डलर जरिवाना गरेको हो ।

एलेक्सलाई सन् २०१९ को जुलाईमै प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको थियो ।

एलेक्सले आफ्नी श्रीमती र ती पुरुषबीच यौन सम्बन्ध रहेको थाहा पाएपछि आफू आक्रमक बनेको स्वीकार गरेका हुन् । उनले ती व्यक्तिसँगै श्रीमतीलाई पनि बाँधेर कुटपिट गरेका थिए ।

प्रकाशित : 6 March 2021 5:17 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ