कटुवा पेस्तोल बोकेर मोटरसाइकलमा हिड्ने तीन युवक पक्राउ


काठमाडौं : रुपन्देहीमा कटुवा पेस्तोलसहित ३ जना पक्राउ परेका छन् । जिल्लाको मर्चवारी गाउँपालिका ७ कन्चनापुरबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

पक्राउ पर्नेमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका ९ बेतकुइयाका २४ वर्षिय सुरज हरिजन, सोही ठाउँका २३ वर्षिय तौलन हरिजन र सम्मरीमाई ७ भुन्डिहवाका सहिल मुसलमान रहेको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए ।​

UP 55 N 4948 नम्बरको भारतीय मोटरसाइकलमा सवार ३ जनालाई शङ्का लागि चेकजाँच गर्दा उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल फेला परेको हो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताए ।

प्रकाशित : २०७७ चैत्र २, सोमबार १०:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ