चार्जमा लगाएर फिल्म हेर्दा मोबाइल पड्किँयो, १५ वर्षीया सपनाको मृत्यू


डोटी : चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहका अनुसार जिल्लाको मङ्गलसेन नगरपालिका १ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किएर मृत्यु भएको हो । मृतक नाथ स्थानीय कुन्ति माध्यमिक विद्यालय कक्षा ६ मा अध्यनरथ थिइन् ।

मोबाइल पड्किँदा गम्भीर घाइते भएकी नाथको जिल्ला अस्पताल अछाममा उपचारका क्रममा आज (मंगलबार) मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित : २०७७ चैत्र १०, मंगलवार १३:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ