धनुषामा आज र भोली मदिरा निषेध


जनकपुरधाम : जिल्ला प्रशासन कार्यालयले आज र भोली मदिरा विक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ । होलीमा मदिरा सेवन गर्ने प्रबृति बढेपछि प्रमुख जिल्ला अधिकारीले बन्धुप्रसाद बास्तोलाले सूचना जारी गरेर प्रतिबन्ध लगाएका हुन् ।

चैत १६ र १७ गते सूर्योदयदेखि सूर्यास्तसम्म सार्वजनिक स्थानमा मदिरा सेवन गर्न÷गराउन निषेध गरिएको सूचनामा उल्लेख छ । यस्तै होली पर्वलाई परिवारभित्रै कोभिड १९ सम्बन्धि सुरक्षाका मापदण्ड पालना गरी मनाउन पनि अनुरोध गरिएको छ ।

यस्तै सडक, चोक लगायतका सार्वजनिक स्थानमा होलीसँग सम्बन्धित साँस्कृतिक र अन्य कार्यक्रमहरु नगर्न नगराउन पनि प्रमुख जिल्ला अधिकारी बास्तोलाले निर्देशन दिएका छन् ।

प्रकाशित : २०७७ चैत्र १६, सोमबार ०७:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ