सप्तरी : जनता समाजवादी पार्टी (जसपा)का बरिष्ट नेता साँसद रेशम चौधरीलाई रिहा हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । सप्तरीको राजविराजमा आयोजित सभालाई सम्बोधन गर्दै उनले साँसद चौधरी चाँडै रिहा हुने दावी गरे ।
उनले सरकारमा जान हतारो नरहेको भन्दै यसपटक उधारो सम्झौता नगर्ने पनि बताए । उनले साँसद चौधरीको रिहा, संविधान संशोधन, मधेस–थरुहट आन्दोलनमा लगाएको झुठा मुद्दा फिर्ता लगायतको माग पुरा नभएसम्म सरकारमा सहभागी नहुने बताए ।
बरिष्ट नेता महतोले सरकारले पटक–पटक बाचा गरेर ठगेकोले अब उधारोमा सम्झौता होइन नगदीमा हुनुपर्ने धारणा राखे । उनले विभिन्न दलहरुसंग कुरा गर्न कार्यदल बनाएको भन्दै पहिले माग पुरा भएपछि मात्र सरकारलाई समर्थन गर्न सकिने स्पष्ट पारे ।