लहानमा गोली हानेर सुनचांदी व्यवसायीको हत्या, श्रीमती गम्भीर


जनकपुरधाम : सिरहाको लहान नगरपालिका २२ मा सुनचांदीका पसल गरेका एक यूवकलाई लुटेरा समूहले गोली हानेर हत्या गरेका छन् ।

मृतकको नाम खुल्न सकेका छैन । लुटेराले ति यूवकका श्रीमतीमाथि समेत गोली मारेको र अबस्था गम्भिर रहेको अबस्थामा उनलाई उपचारका लागि स्थानीय सप्तऋषि अस्पताल लगिएको छ ।

सिरहाका एसपी सुदिपराज भण्डारीले घटनाको पुष्टि गरेका छन् । उनले अहिले घटनास्थलमा रहेको र केहिबेरमा डिटेल दिने बताए ।

प्रहरीका अनुसार गोली हानी हत्या गरिएका यूवक वडाध्यक्ष कन्हैया गुप्ताको घरमा सुनचांदी पसल गर्दै आएका थिए । श्रीमतीसंग त्यही बसेका बेला लुटेरा समूहले गोली चलाएको बुझिएको छ ।

प्रकाशित : २०७७ चैत्र २९, आईतवार ०६:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ