हरिद्वारको कुम्भमेलामा पूर्वराजा ज्ञानेन्द्रले गरे ‘शाही स्नान’


काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह भारतको हरिद्वारमा आयोजित महाकुम्भ मेलामा आज ‘शाही स्नान’ मा सहभागी भएका छन् । उनले भाग लिएको शाही स्नान यस वर्षको दोस्रो हो ।

यसअघि गत ११ मार्चमा महाशिवरात्रीको दिन पहिलो शाही स्नान भएको थियो । दोस्रो शाही स्नान आज भइरहेको छ भने तेस्रो पर्सि बुधबार हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कुम्भ मेलामा शाही स्नान निकै महत्वपूर्ण मानिन्छ ।

भारतमा कोरोना महामारी अनियन्त्रितरूपमा फैलिइहरँदा ठूलो भीडभाडसहित कुम्भमेला आयोजना भइरहेको छ ।

यो मेलालाई संसारभरकै धेरै मानिसहरू एकैचोटि भेला हुने स्थलका रूपमा प्रचारित गर्ने गरिएको थियो । यसपाली मेलामा आउनेहरूलाई पीसीआर टेस्ट अनिवार्य गरिएको छ ।

प्रकाशित : २०७७ चैत्र ३०, सोमबार ११:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ