टुडेखोज, जनकपुरधाम : प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई उच्च ज्वरो र रुघाखोकी लागेको छ । उनमा कोरोना लक्षण देखिएको बताइएको छ ।
कोरोनाको लक्षण देखिएकै कारण उनी जनकपुरस्थित मधेस भवनमा रहेको क्वाटरमै आइसोलेट भएका छन् । उनका स्वकिय सचिव रमेश सर्राफले भने, ‘कोरोना पुष्टि भएको छैन । सिजनल ज्वरो र रुघाखोकी लागेको अनुमान छ ।’
मन्त्री सोनलले स्वास्थ्यकर्मीको सल्लाहअनुसार होम आइसोलेशनमा बसेको बुझिएको छ । उनी हिजोमात्रै कोरोना विरुद्धको खोप लगाएका थिए ।