लुम्बिनी प्रदेशमा मन्त्री बनेका साँसदलाई कारबाही हुँदैन : राजेन्द्र महतो


टुडेखोज, काठमाडौं : जनता समाजवादी पार्टीका बरिष्ट नेता राजेन्द्र महतोले लुम्बिनी प्रदेशमा मन्त्री बनेका साँसदलाई कारबाही नहुने बताएका छन् ।

प्रदेश सांसदहरू आफ्नो निर्णय लिन स्वतन्त्र रहेको तर्क गर्दै उनले कुनै कारबाही नहुने स्पष्ट पारे । सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘हामीले कारबाही गरेका छौं, गर्दैछौं भनेर हल्ला फैलाइएको छ । हल्लाको पछाडी नलाग्नुस् ।’

नेता महतोले थपे, ‘गण्डकी प्रदेशमा पार्टी निर्णय नभइकन मुख्यमन्त्रीलाई अविश्वास ल्याउन हाम्रा सांसदहरू सहभागी भएजस्तै लुम्बिनीमा मुख्यमन्त्रीको पक्षमा लागे । प्रदेशका बहुमत सांसदले गरेको निर्णयमा कुनै हस्तक्षेप र कारबाही हुँदैन ।’

लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीलाई अविश्वास प्रस्ताव ल्याउन हस्ताक्षर गरेका तीन सांसदसहित जसपाका ४ जना मन्त्री बनेका छन् । लुम्बिनीमा जसपाका ६ सांसद छन् ।

नेता महतो र अध्यक्ष महन्थ ठाकुर समर्थक साँसद मन्त्री बनेपछि अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले कारबाही गर्ने बताउँदै आएका छन् । तर उपेन्द्र यादव पक्षले मन्त्री बनेका साँसदहरुलाई कारबाही गर्न सक्ने अवस्थामा छैन ।

प्रकाशित : २०७८ बैशाख १५, बुधबार १३:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ