पूर्व सभामुखलाई पनि समात्यो कोरोना


टुडेखोज, काठमाडौं : पूर्वसभामुख दमननाथ ढुंगानामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित भएको कुरा उनले ट्वीटरमा लेखेका हुन् ।

उनले भनेका छन्, ‘सावधानी अपनाउन सतर्क रहँदारहँदै कोभिड–१९ को नयाँ लहरले मलाई पनि गाँज्यो ।’ उनले आफूलाई खासै अप्ठ्यारो नभएको र आफ्नो ख्याल गरिरहेको उल्लेख गरेका छन् ।

समुदायस्तरमा फैलिसकेको यो महामारी नियन्त्रणका उपाय सरकारले गर्दै छ त ? भन्ने प्रश्न उनले ट्वीटरमा गरेका छन् ।

प्रकाशित : २०७८ बैशाख १६, बिहीबार ११:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ