धनुषा र महोत्तरीका स्थानीय सरकारले अक्सिजन सिलिण्डर राख्नुपर्ने


टुडेखोज, जनकपुरधाम : कोरोना महामारीले भयावह रुप लिने संकेत देखिएपछि धनुषा र महोत्तरीका सवै स्थानीय सरकारलाई २०/२० वटा अक्सिजन सिलिण्डर राख्न निर्देशन दिइएको छ ।

आईतवार धनुषा र महोत्तरीको डीसीसीएमसीको अलग अलग बैठकले अक्सिजन सिलिण्डर खरिद गरी राख्न स्थानीय सरकारलाई निर्देशन दिएको हो । अहिले अधिकांश स्थानीय सरकारको मातहतमा रहेको स्वास्थ्य संस्थामा अक्सिजन सिलिण्डर छैन ।

कोरोना संक्रमितको अवस्था बिग्रिएपछि अक्सिजनको आवश्यकता पर्छ । अक्सिजन अभावकै कारण धेरै संक्रमितले ज्यान गुमाइरहेका छन् । त्यसैले स्थानीय सरकारलाई पनि अक्सिजन सिलिण्डर तयार अवस्थामा राख्न निर्देशन दिइएको छ ।

अक्सिजन सिलिण्डरको अभाव हुन नदिन प्रदेश र संघ सरकारसँग समेत माग गर्ने निर्णय दुवै जिल्लाका डीसीसीएमसीले निर्णय पनि गरेको छ ।

प्रकाशित : २०७८ बैशाख २०, सोमबार ०८:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ