राज्यमन्त्री मण्डलले आफ्नो क्षेत्रमा गरे अस्पतालको शिलान्यास


टुडेखोज, जनकपुरधाम :

प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले आफ्नो निर्वाचन क्षेत्र सिरहा ४ (ख)को चिकना–नरहा सडक खण्डमा परचिलवा रमना बङठियाको बीचमा अस्पतालको शिलान्यास गरेका छन् ।

राज्यमन्त्री मण्डलले बुधवार एक समारोहबीच पूजापाठ गरी अस्पतालको शिलान्यास गरेका हुन् । प्रदेश सरकारको लगानीमा बर्थिङ सेन्टरसहितको सुविधा सम्पन्न अस्पतालको निर्माण हुने बताइएको छ ।

मौसम र समय प्रतिकुलताको बाबजुद पनि अस्पतालको शिलान्यास कार्यक्रम सम्पन्न भएको राज्यमन्त्री मण्डलले फेसबुकमा लेखेका छन् । उनका अनुसार प्रदेश सरकारको क्रमागत योजना अन्तर्गत निकै लोकप्रिय परियोजना अन्तर्गत हरेक प्रदेश निर्वाचन क्षेत्रमा एउटा सुबिधा सम्पन्न बर्थिङ सेन्टर सहितको अस्पताल निर्माण गर्ने लक्ष्य रहेको छ ।

अहिले कोरोना महामारीका बेला अस्पतालको आवश्यकता छ । सरकारले अन्य क्षेत्रमा बढी लगानी गरिरहेको आलोचना भइरहँदा राज्यमन्त्री मण्डलले अस्पतालको शिलान्यास गरेपछि सो क्षेत्रका जनता खुःशी भएका छन् ।

प्रकाशित : २०७८ बैशाख २२, बुधबार १४:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ