टुडेखोज, जनकपुरधाम :
जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य संजय चौधरीले संसदमा मतदान गर्ने विषयमा ह्वीप जारी नगर्ने निर्णयकै कारण पार्टी फुटबाट जोगिएको बताएका छन् ।
नेता चौधरीले सामाजिक सञ्जालमा लेखेका छन्, अहिलेको परिवेशमा कुनै प्रतिगमनकारीलाई विश्वासको मत नदिने र तटस्थ बस्ने निर्णय उचित हो ।’ उनले एमाले अध्यक्ष एवं केपी शर्मा ओली मात्र नभएर प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल र शेरबहादुर देउवा पनि प्रतिगमनकारी नै रहेको टिप्पणी गरेका छन् ।
विगतमा हामीले देखेका छौं सत्ता साझेदारी गरेर हाम्रा नेताहरुले भोगेका अपमान, उनले लेखेका छन्, ‘पहिलेका अपमानको घाऊ निको नहुँदा हँुदै फेरी पनि सत्ता साझेदारी गर्न मरिहत्ते गर्ने केहि नेता ज्युहरुलाई म के भन्न चाहन्छु– केपी ओली प्रतिगमनकारी हो भने शेरबहाुर देउवा, माधव नेपाल, झलनाथ खनाल र प्रचण्ड चाहिँ के ? के यिनिहरु सुइको नोक बमोजिम पनि कम छ त ?’
विगतको जस्तै अहिले पनि मधेसको मुद्दामा अडिग रहनुपर्ने उनको भनाई छ । उनले सत्तामा पुग्ने केहि नेताको चाहना रहेको र एक ढिक्का भएर मात्र त्यो इच्छा पुरा हुने पनि औल्याएका छन् ।