लहानमा फेरी हतियार देखाएर डकैती, प्रहरीको फोन उठेन !


टुडेखोज, लहान :

सिरहाको लहान नगरपालिका १ नयाँ बस्तीमा हतियार देखाएर फेरी डकैती भएको छ । स्थानीय ईन्द्रदेव ठाकुरको घरमा डकैती भएको हो ।

करिब ७/८ जनाको समूहमा आएका हतियारधारी समूहले मध्यरातमा डकैती गरेर लाखौंको समान लगेको पीडितले बताएका छन् । विभिन्न सरसमान र गरगहना गरी ७ लाख बढीको धनमाल लुटेर लगेको पीडितले प्रहरीलाई जानकारी गराएका हुन् ।

घरमा डकैतहरु आएपछि ठाकुरले ईलाका प्रहरी कार्यालय लहानको सञ्चार शाखामा फोन गरेका थिए । तर फोन नउठेको ठाकुरको भनाई छ । उनले समयमा प्रहरी नआउँदा डकैतहरु भाग्न सफल भएको पनि बताएका छन् ।

लहानमा यसअघि डकैतहरुको समूहले एक सुनचाँदी व्यवसायीको हत्या नै गरिसकेका छन् । साथै अर्का सुनचाँदी व्यवसायीको घरमा डकैती गर्नुका साथै कार समेत लिएर भागेको थियो । तर पछि कार वेवारिसे अवस्थामा भेटियो ।

लहानमा पटक पटक डकैतीका घटना दोहोरिता स्थानीय त्रसित बनेका छन् ।

प्रकाशित : २०७८ बैशाख २८, मंगलवार ०६:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ