पर्सा : उद्योगी र व्यवसायीले खाली तथा भरिएका अक्सिजन सिलिण्डर लुकाएर राखिएको अवस्थामा पर्सा प्रहरीले बरामद गरेको छ । विभिन्न ठाउँबाट प्रहरीले ३ सय ९३ वटा अक्सिजनका सिलिण्डर बरामद गर्न सफल भएका हुन् ।
भारतसँग सीमा जोडिएको वीरगन्ज क्षेत्र पहिलो कोरोना लहरमा पनि हटस्पटका रुपमा दर्ज भएको थियो । दोस्रो कोभिड लहरमा पनि यो क्षेत्र नराम्ररी प्रभावित छ ।
वीरगन्जका अस्पतालमा संक्रमित बिरामीमध्ये दुई अंकको डिजिटसम्म मृत्यु हुने क्रम पुगिसकेको छ । यस्तो समयमा खाली वा भरी दुवै प्रकारका अक्सिजन सिलिण्डर खोजी गर्नुपरेको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए ।
बरामदमध्ये खाली सिलिण्डर उद्योगमा भर्न र भरी सिलिण्डर अस्पतालमा पठाइएको उनको भनाइ छ । चार दिनदेखि पर्सा प्रहरीले निगरानी बढाउँदा दैनिक अक्सिजनका सिलिण्डर फेला पर्ने क्रम बढिरहेको छ ।
सोमबार मात्र एकै दिन २ सय १८ सम्म बरामद भएको थियो ।