धनुषामा निषेधाज्ञा १० दिन थप्ने निर्णय (सूचनासहित)


टुडेखोज, जनकपुरधाम : जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले धनुषा जिल्लाभर जारी निषेधाज्ञा १० दिन बढाउने निर्णय गरेको छ ।

आज बसेको केन्द्रको बैठकले वैशाख ३१ गते राति १२ बजेदेखि जेष्ठ १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए । यसअघि वैशाख २२ गते राति १२ बजेदेखि वैशाख ३१ ग्ते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरिएको थियो ।

कोरोनाका नयाँ भेरियन्टको संक्रमण बढ्दै गइरहेको र लक्षणसहितका संक्रमित विरामीहरुको अस्पतालमा चाप बढेको अवस्थालाई विश्लेषण गरी निषेधाज्ञा १० दिन थप्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।

प्रकाशित : 13 May 2021 11:25 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ