विहार र महाराष्ट्रमा लकडाउन लम्ब्याउने निर्णय


एजेन्सी : विहार राज्यमा मे २५ सम्मका लागि लकडाउन लम्ब्याइएको छ । बिहीबार मुख्यमन्त्री नितिश कुमारले ट्विट गर्दै विहारमा मे २५ सम्मका लागि लकडाउन लम्ब्याउने निर्णय गरेको बताए ।

विहारमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन मे १५ गते सकिँदै थियो । मुख्यमन्त्री नितिशकुमारले लकडाउन गर्दा संक्रमण रोक्न सकारात्मक प्रभाव परेको बताएका छन् ।

‘आज मन्त्री र पदाधिकारीहरूसँग विहारमा जारी लकडाउनको स्थितिबारे समीक्षा गरियो । लकडाउनको सकारात्मक प्रभाव देखिएको छ । त्यसैले विहारमा आउँदो १० दिन अर्थात् १६ मे देखि २५ मे २०२१ सम्म लकडाउन लम्ब्याउने निर्णय लिइएको छ,’ उनले ट्विटरमा लेखेका छन् ।

गत मे ४ गते विहार सरकारको संकट व्यवस्थापन समूहले १० दिन लकडाउन गर्ने निर्णय लिएको थियो । विहार प्रदेश २ का आठै जिल्लासँग जोडिएको छ । विहार लकडाउन भएका कारण केहिहदसम्म प्रदेश २ मा कोरोना संक्रमण फैलिने जोखिम घटेको छ ।

भारतको अर्को राज्य महाराष्ट्र सरकारले पनि लकडाउन लम्ब्याउने निर्णय गरेको छ । बिहीबार सरकारले जुन १ सम्मको लागि लकडाउन लम्ब्याउने निर्णय गरेको हो । त्यँहा पनि बढ्दो कोरोना भाइरसको जालोलाई तोड्न मे १५ सम्मको लागि लकडाउन गरिएको थियो ।

हिन्दुस्तान टाइम्सका अनुसार बिहीबार महाराष्ट्र सरकारले राज्यमा प्रवेश गर्न पिसिआर रिपोर्ट नेगेटिभ अनिवार्य गरेको छ। जुनसुकै सवारीसाधनबाट महाराष्ट्र प्रवेश गर्नेलाई अनिवार्य पिसिआर रिपोर्ट नेगेटिभ चाहिने जनाएको हो ।

बुधबारमात्रै महाराष्ट्रमा ३० हजार बढी सक्रिय संक्रमित थिए । महाराष्ट्र सबैभन्दा धेरै संक्रमित भएको राज्यमध्ये एक हो ।

प्रकाशित : २०७८ बैशाख ३०, बिहीबार १७:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ