सोमवार कोरोनाबाट २१४ जनाको निधन, ९२४७ जनामा संक्रमण पुष्टि


टुडेखोज, जनकपुरधाम : पछिल्लो २४ घण्टामा कोरोना भाईरसको संक्रमणबाट आज थप २१४ जनाको निधन भएको छ । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार २१५ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामै ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमितको संख्या ४ लाख ६४ हजार २१८ पुगेको हो । जसमध्ये ३ लाख ४५ हजार ५२३ जना निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा ५ हजार ७६७ जनामा संक्रमण निको भएको बताइएको छ । देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० पुगेको छ ।

प्रकाशित : 17 May 2021 5:30 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !