पर्साको विद्यालयमा भटाभट खस्न थाले विद्यार्थी, १८ जना अस्पताल भर्ना, एकको अबस्था गम्भीर


जनकपुरधाम । पर्साको कालिकामाई गाउँपालिका ४ कटिबलुवास्थित नेपाल राष्ट्रीय माध्यमिक विद्यालयका १८ विद्यार्थी अचानक बेहोस भएका छन् ।

बेहोस् भएका १७ विद्यार्थी उपचारपछि घर फर्केका छन् भने एक जना अझै उपचाररत छन् । कालिकामाईका अध्यक्ष बशिष्ट कुमारका अनुसार एक विद्यार्थीको अबस्था अलि बढी बिग्रेपछि वीरगंज लग्नुपरेको छ । बाँकी विद्यार्थीहरु पोखरीमा अस्पतालमा उपचारपछि घर फर्किसकेका छन् ।

एकपछि अर्को विद्यार्थी अचानक बेहोस भएर लड्न थालेपछि विद्यालयमा भागाभाग मच्चिएको थियो । गापा अध्यक्ष बशिष्टले भने, ‘विद्यालय आएलगत्तै पहिले एक छात्रा बेहोस भएकी थिइन् । एक घण्टापछि एकपछि अर्को गर्दै १८ विद्यार्थी बेहोस भयो ।’

बेहोस भएका सबै विद्यार्थीलाई एम्बुलेन्समा पोखरी लगेर उपचार गराएको अध्यक्ष बशिष्टले बताए । उनले भने, ‘एक जना छात्रको उपचार वीरगन्ज मेडिकल अस्पतालमा भइरहेको छ ।’

विद्यार्थीहरु किन बेहोस भएको कुरा खुल्न सकेको छैन् । कतिपयले भूतप्रेतको प्रकोपले विद्यार्थीलाई बेहोस पारेको बताउँछन् । गापा अध्यक्ष बशिष्टले विद्यार्थीहरु बेहोसको भएको कारण थाहा नभएको बताए ।

बेहोस हुने समस्याले विद्यालयमा अध्ययनरत विद्यार्थीहरु त्रसित बनेका छन् । विद्यालयको पठन-पाठन सोमवार ठप्प रह्यो । गाउँपालिकाले थप दुई दिन विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।

प्रकाशित : २०८१ फाल्गुन १९, सोमबार १८:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ