जेठ १५ मा फेरी संसद विघटन हुने सम्भावना, यस्तो छ कारण


काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले जेठ १५ गते नै बजेट ल्याउने बताएका छन् । यसपटक प्रि बजेट छलफल नहुने उनको भनाई छ ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा मन्त्री ज्ञवालीले सरकार नीति तथा कार्यक्रममा जुटिसकेको र छिट्टै पेश हुने विश्वास दिलाए । तर, यसपटक समय नभएकोले प्रि बजेट छलफल नहुने उनले स्पष्ट पारे । उनले जेठ १५ गते नै संसदमा बजेट पेश हुने र नीति तथा कार्यक्रम पास नभए संसद पुनः विघटन हुनसक्ने पनि बताए ।

फरक प्रसँगमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि छिट्टै विश्वाको मत लिने पनि बताए । प्रधानमन्त्रीले विश्वासको मत नपाए पनि संसद विघटन भएर मुलुक चुनावमा जाने उनले स्पष्ट पारे । त्यस्तै, सरकारले सबै नागरिकलाई खोपको व्यवस्था गर्ने भन्दै त्यसको लागि द्रुत गतिमा काम भैरहेको पनि सुनाए ।

मन्त्री ज्ञवालीले सरकारले विभिन्न देशबाट खोप ल्याउने प्रयास गरिरहेको बताए । अहिले अमेरिका, चीन, रुस, भारत र दुवईबाट खोप ल्याउन लागिएको उनले दावी गरे । जनतालाई उपचारको पहुँचमा पुर्याउनेगरि सरकारले सम्पूर्ण बन्दोबस्त गरेको उनको भनाई छ ।

प्रकाशित : 17 May 2021 7:01 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ