टुडेखोज, जनकपुरधाम : पार्टीमा देखिएको आन्तरिक विवाद समाधान गर्ने जनता समाजवादी पार्टी (जसपा)का दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबीच सहमती बनेको छ ।
अध्यक्षद्वय ठाकुर र यादवले पार्टीलाई फुटबाट जोगाउन सरकारमा सहभागी नहुने लगायतका सहमती गरेका हुन् । पार्टीभित्र देखिएको गुटबन्धी तथा अराजक क्रियाकलाप पार्टी एकता, अनुसशान, अचारसंहिता एवम् कार्यपद्धतीका प्रतिकूल रहेका अध्यक्षद्वले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
पार्टीमा उत्पन्न भएका समस्याहरुलाई आफू संगठित रहेको पार्टी संगठनभित्र छलफल गरी पार्टी विधान अन्तर्गत रहेर नै समस्याहरुको समाधान गर्नु पर्नेर्ने सहमती पनि दुई अध्यक्षबीच भएको छ । हेर्नुस् सहमती पत्र :

