कोरोना: मंगलबार १९६ जनाको मृत्यू, ८,२०३ संक्रमित थपिए


काठमाडौं : मंगलबार मुलुकमा कोरोनाभाइरसका ८,२०३ संक्रमित थपिएका छन् । २० हजार ९७९ पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु भएको छ । ६,८९१ निको भएका छन् । सक्रिय संक्रमित संख्या १ लाख १४ हजार पुगेको छ । कूल संक्रमित संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ । भाइरसका कारण अहिलेसम्म ५,४११ जनाले ज्यान गुमाएका छन् ।

काठमाडौं जिल्लामा मात्र २०४९ जना संक्रमित थपिएका छन् । काठमाडौंमा सक्रिय संक्रमित संख्या २७ हजार ३३९ पुगेको छ ।

प्रकाशित : २०७८ जेष्ठ ४, मंगलवार १७:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ