कोरोनाः म्याक्स टीभीका संचालक लामाको निधन


काठमाडौं : कोरोनाभाइरसको संक्रमणबाट केवल टेलिभिजन प्रदायक संस्था मेगा म्याक्स टिभी प्रालिका संचालक सुशिलकुमार लामाको निधन भएको छ ।

ग्राण्डी इन्टरनेशनल अस्पतालमा आईसीयूमा उपचाररत लामाको ५६ वर्षको उमेरमा निधन भएको हो । संक्रमित भएपछि उनी पोखरामा उपचाररत थिए । तर स्वास्थ्य जटिल बनेपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।

२५ वर्षभन्दा बढी समयदेखि केवल व्यवसायमा संलग्न लामा पोखरा केवल नेटवर्क प्रालिका सह–संस्थापक एवं संचालक थिए । लामाको निधनले केवल नेटवर्क व्यवसायलाई शोकाकुल बनाएको म्याक्स टीभी परिवारले जनाएको छ ।

प्रकाशित : २०७८ जेष्ठ ५, बुधबार १२:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ