वीरगञ्जकी ९१ वर्षीया उपमेयरले जितिन् कोरोना, मेयर सरावगीले दिए बधाई


टुडेखोज, वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाकी उपमेयर कोरोनालाई पराजित गरेकी छन् । उनी ९१ वर्षकी भएपनि कोरोनालाई पराजित गरेपछि चर्चामा आएकी हुन् ।

संक्रमित भएपछि उनी महानगरपालिकाले सञ्चालन गरेको कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । १३ दिनपछि बुधवार डिस्चार्ज भएपछि उनलाई लिन मेयर विजय कुमार सरावगी र प्रमुख प्रशासकिय अधिकृत प्रदिप निरौला कोभिड अस्पताल पुगेका थिए ।

उच्च मनोबलका साथ कोरोनालाई पराजित गरेकोमा मेयर सरावगीले उपमेयर कार्कीलाई बधाई दिए । विवाह समेत नगरेकी उनी नेपाली काँग्रेसको तर्फबाट उपमेयरमा विजयी भएकी थिइन् ।

प्रकाशित : 20 May 2021 1:15 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ