कानूनमन्त्री श्रेष्ठले सिरहा पठाए अक्सिजन र रेम्डिसिभर सुई


टुडेखोज, जनकपुरधाम : संघीय सरकारका कानूनमन्त्री लिलानाथ श्रेष्ठले अक्सिजन सिलिण्डर र कोरोना संक्रमितको उपचारमा प्रयोग गरिने रेम्डिसिभर सुई सिरहा पठाएका छन् ।

कोरोना संक्रमितहरुको लागि मन्त्री श्रेष्ठको समन्वयमा १० थान अक्सिजन सिलिण्डर, १० थान रेगुलेटर र कोरोना उपचारमा प्रयोग हुने ९० थान रेम्डिसिभर सुई आज सिरहा पठाइएको हो । सिरहाका सिडिओ प्रदिपराज कणेलको समन्वयमा आवश्यकता‍अनुसार वितरण र प्रयोग गरिने मन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्री श्रेष्ठ सिरहाका हुन् । उनले कोरोना संक्रमितको उपचारमा कुनै समस्या हुन नदिन स्थानीय प्रशासनलाई निर्देशन समेत दिएका छन् । उनले यसअघि पनि रेम्डिसिभर सुई पठाएका थिए ।

प्रकाशित : २०७८ जेष्ठ ७, शुक्रबार २०:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ