गरिबलाई आर्थिक सहयोग गरेर जन्मदिन मनाए गायक सोनी


टुडेखोज, राजविराज : सप्तरीका गायक प्रेम सोनीले गरिबलाई आर्थिक सहयोग गरेर आफ्नो जन्मदिन मनाएका छन् । आईतवार जन्मदिनको अवसरमा चार गरिब व्यक्तिलाई आर्थिक सहयोग गरे ।

राजविराज नगरपालिका ६ का अंगत कुमार मेहतरलाई ३ हजार र वडा नम्वर ५ का अपाङ जितेन्द्र कर्णलाई १ हजार रुपैया नगद गायक सोनीले सहयोग प्रदान गरे । यस्तै राजविराज नगरपालिका ६ कै देवकुमारी चौधरी र महोदेवी चौधरीलाई ५÷५ सयका दरले सहयोग गरेको बताइएको छ ।

गायक सोनीले राष्ट्रिय एकता अभियानकी राष्ट्रिय उपाध्यक्ष सुनिता साहको समन्वयमा सहयोग गरेका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा अभियानकी सप्तरी प्रमुख रमिला साह, सामुदायिक सेवा केन्द्रका जिल्ला सचिव संजय शर्मा, युवा अभियन्ता पंकज सरकार लगायतको सहभागी रहेको थियो ।

राष्ट्रिय एकता अभियानले ‘एक छाक राहत वितरण कार्यक्रम’ अभियान चलाएको छ । यो अभियान अन्तर्गत राष्ट्रिय उपाध्यक्ष साहले विभिन्न निकायबाट गरिब विपन्न परिवारलाई निरन्तर सहयोग गराउँदै आएकी छन् ।

प्रकाशित : २०७८ जेष्ठ १०, सोमबार ०७:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ