टुडेखोज, जनकपुरधाम : नेपाल जेसीज बर्ष २०२१ का राष्ट्रिय अध्यक्ष जेसीआइ सिनेटर अरुणेश्वर खनालको जन्मदिनको अवसरमा जनकपुर जेसीजले ह्यान्ड सेनिटाइजर र मास्क वितरण गरेको छ ।
जनकपुर रेल्वे प्रहरी चौकी, जानकी प्रहरी चौकी, जिल्ला ट्राफिक प्रहरी कार्यलय र कपिलेश्वोर प्रहरी चौकीमा मंगलवार जनकपुर जेसीजका पदाधिकारीहरुले मास्क र सेनिटाइजर वितरण गरे । कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणमा केहि योगदान पुग्ने उदेश्यले जेसीज राष्ट्रिय अध्यक्ष खनालको जन्मदिनको अवसरमा मास्क र सेनिटाइजर वितरण गरेको जनकपुर जेसीजका कार्यकारिणी उपाध्यक्ष उपेन्द्र साहले जानकारी दिए ।
जेसीजका उपाध्यक्ष गौतम साह, जेसी अजय कुमार प्रसाद, जेसी सुधिर पन्जियार लगायतको उपस्थिति रहेको थियो । जसमा कार्यक्रम संयोजक जेसी लोकेन्द्र साह ज्यु रहेको थियो ।