टुडेखोज, सिरहा : सिरहाको औरहीमा जसपाका विद्यार्थीहरुले आफ्नै नेताको पुतला जलाएका छन् । प्रतिगमनकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गरेको भन्दै जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोको बुधवार विद्यार्थीहरुले पुत्ला जलाएका हुन् ।
जसपाका भातृ संगठन समाजवादी विद्यार्थी युनियन प्रदेश २ का सदस्य विबेक कुमार दासको नेतृत्वमा पुत्ला जलाइएको छ । विद्यार्थीहरुले जसपा अध्यक्ष ठाकुर र नेता महतोविरुद्ध नाराबाजी समेत गरेका थिए । उनीहरुले मधेससँग गद्दारी नगर्न चेतावनी समेत दिएका छन् ।
प्रधानमन्त्री ओलीलाई समर्थन गरेपछि जसपा अध्यक्ष ठाकुर र नेता महतोको मधेसमा व्यापक विरोध भइरहेको छ । उनीहरु मधेसमा आलोचित बनेका हुन् । मन्त्री पद पाउनकै महन्थ ठाकुर र राजेन्द्र महतोसहितका नेताहरु ओलीको साथ दिइरहेको आरोप आफ्नै विद्यार्थीले लगाएका छन् ।