देश छोड भन्दै जनकपुरमा प्रधानमन्त्री ओलीको पुत्ला दहन


टुडेखोज, जनकपुरधाम : देश छोड भन्दै जनकपुरमा प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाइएको छ । जसपा अध्यक्ष उपेन्द्र यादव पक्षका नेताहरुले देवी चोकमा बिहीवार साँझ प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् ।

ओलीको पुत्ला जलाउँदै उनीहरुले मधेस विरोधी गतिविधि बन्द गर, संसद विघटन गर्न पाइदैन जस्ता नारा लगाएका थिए । साथै संसद विघटन गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी र उनलाई सहयोग गर्ने आफ्नै नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका विरुद्ध पनि नाराबाजी गरेका छन् ।

जसपा उपेन्द्र यादव पक्षले पटक पटक प्रधानमन्त्री ओली र आफ्नै पार्टीका नेता महन्थ ठाकुर, राजेन्द्र महतो लगायतको पुत्ला जलाएका छन् ।

प्रकाशित : २०७८ जेष्ठ १३, बिहीबार १९:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ