टुडेखोज, काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट शुक्रबार नेपालमा ६ हजार ९५१ जना संक्रमित थपिएका छन् । २० हजार ११० नमुना एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको हुने संख्यामा वृद्धि भएको छ । २४ घण्टामै ९ हजार ८४१ जना निको भएका छन् । निको हुने दर ७८ दशमलव ०७ प्रतिशत पुगेको छ ।
सक्रिय संक्रमित संख्या पनि ओरालो लागेको छ । १ लाख १३ हजार ३९४ जना सक्रिय संक्रमित छन् । कूल संक्रमित संख्या ५ लाख ४९ हजार १११ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९६ जनाको मृत्यु भएको छ । कोरोनाले मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको छ । कूल निको हुने संख्या ४ लाख २८ हजार पुगेको छ ।