विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार कर्जा दिने घोषणा


काठमाडौं : सरकारले वैकल्पिक शिक्षाका लागि ल्यापटप किन्न विद्यार्थीलाई एक प्रतिशत व्याजदरमा कर्जा दिने भएको छ ।अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् ।

सार्वजनिक विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई वैकल्पिक शिक्षाका लागि ल्यापटप किन्न ८० हजार रूपैयाँसम्म कर्जा सुविधा दिइने उनले बताए । १७ वर्षमाथिका विद्यार्थीलाई एक थान सिमकार्ड निःशुल्क वितरण गर्ने घोषणा पनि अर्थमन्त्रीले गरेका छन् ।

प्रकाशित : २०७८ जेष्ठ १५, शनिबार १८:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ