टुडेखोज, जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) फुटको अन्तिम क्षणमा पुगेका बेला सो पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले हातमिलाएर आ–आफ्नो बाटोमा लागौं भन्ने प्रस्ताव गरेका छन् ।
‘अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति हो’, डा. भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘नयॉ निर्माणनिम्ति पुरानो भत्कनैपर्छ । समयले नयॉ ध्रुवीकरण खोज्दैछ ।अतस्मान्छे तानातान र किनबेचको तमासा नगरौं१भेडाभेडासंग र बाख्राबाख्रासंग हुन दिऊॅ !’
उनले हिडिरहे फेरि भेटहुने आशा समेत व्यक्त गरेका छन् । उनको अभिव्यक्तिले अब जसपा दुई टुक्रा हुनबाट कसैले रोक्न नसक्ने संकेत बुझ्न सकिन्छ । पार्टीका दुबै अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरले एकले अर्कालाई २४ घण्टाभित्र हटाउने चेतावनी सहितको स्पष्टिकरण सोधेका थिए ।
हुन त २४ घण्टा वितिसकेको छ तर कारबाही कसैले कसैलाई गरेका छैन । स्रोतका अनुसार अन्तिम समयसम्म सहमतीको प्रयास गरियो । यद्दपी महन्थ ठाकुर पक्षले प्रधानमन्त्री केपी ओलीलाई असहयोग गर्न नसक्ने अडान नत्योगेपछि सहमती भाँडिएको हो । उपेन्द्र यादव पक्ष भने प्रधानमन्त्री ओलीलाई सत्ताच्यूत गर्नुपर्ने चट्टानी अडानमा राखेका छन् ।
स्रोतका अनुसार आज नै पार्टी औपचारिक रुपमा विभाजन हुनेछ । पार्टी विभाजन भइसकेपछि महन्थ ठाकुर पक्षले पूर्व राष्ट्रिय जनता पार्टी (राजपा) ब्यूताउने चर्चा पनि सुरु भएको छ । साथै आजै वा भोली महन्थ ठाकुर पक्ष राजेन्द्र महतोको नेतृत्वमा ओली सरकारमा सहभागी हुने बुझिएको छ ।