काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)बाट बन्ने १० मन्त्रीको मन्त्रालय टुंगिएको छ । नेता राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा जान लागेको हो ।
आफूहरुले उठाउँदै आएको माग सम्बोधनको क्रम अघि बढेको भन्दै जसपा सरकारमा सहभागी हुन लागेको हो । स्रोतका अनुसार यूवा तथा खेलकुद मन्त्री बन्न उमाशंकर अरगरिया अस्वीकार गरेका छन् । उनी शपथ लिन समेत नजाने बुझिएको छ ।
जसपबाट मन्त्री बन्ने १० जना यसप्रकार छन् :
राजेन्द्र महतो- उपप्रधान मन्त्री तथा शहरी विकास
शरत सिंह भण्डारी- उर्जा तथा जलस्रोत
अनिल झा- खानेपानी तथा सरसफाई
बिमल श्रीवास्तव- श्रम तथा रोजगार
उमाशंकर अरगरिया- युवा तथा खेलकुद
लक्ष्मण लाल कर्ण- भूमि व्यवस्था तथा सहकारी
चन्दा चौधरी – महिला तथा बालबालिका
एकवाल मियाँ- वन तथा वातावरण
चन्द्रकान्त चौधरी- राज्य मन्त्री उर्जा
रेणुका गुरुङ- राज्य मन्त्री महिला