टुडेखोज, जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षबाट उमाशंकर अरगरिया मन्त्री बनेपछि धनुषामा खुशियाली छाएको छ । उनले मन्त्रीको शपथ लिएलगत्तै जनकपुरमा यूवाहरुले दिपावली गरेका हुन् ।
उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका छन् । शपथग्रहण गरेलगत्तै उनी मन्त्रालय पुगेर जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा पार्नका लागि आवश्यक प्रक्रिया अगाडी बढाउन निर्देशन दिएको बुझिएको छ ।
अरगरिया धनुषामा लोकप्रिय नेता हुन् । धनुषाको शहिदनगर नगरपालिका ८ घर भएका उनी क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभा सदस्यमा अत्यधिक मत ल्याएर निर्वाचित भएका थिए ।
उनलाई सामाजिक सञ्जालमा धेरैले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । टुडेखोज डटकम परिवारको तर्फबाट पनि उनलाई बधाई तथा सफल कार्यकालको शुभकामना ।