टुडेखोज, पर्सा : अनाधिकृतरूपमा पर्सा जिल्लाका विभिन्न स्थानमा चलाइएका तथा कागजपत्र नभएका ८ मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएर भन्सारमा बुझाएको छ ।
भन्सारमा बुझाइएका आठ वटै मोटरसाइकल भारतीय नम्बर प्लेटको रहेको प्रहरीले जनाएको छ । गत बैशाख १६ गतेदेखि पर्सा जिल्लामा जारी भई थप भएको निषेधाज्ञा उल्लङ्घन गरी अनाधिकृतरूपमा भित्र्याइएका ती मोटरसाइकलहरु जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले विभिन्न स्थानबाट वेवारिसे अवस्थामा फेला परी नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिइएका मोटरसाइकललाई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पर्सा भारतसँग सिमा जोडिएका जिल्ला भएकाले भारतीय नम्वर प्लेटका सवारी बढी आउने गर्छ ।
