काठमाडौं : विश्व बैंकले नेपालको शिक्षा क्षेत्र सुधारका लागि ७ अर्ब बढी रकम सहयोग गर्ने भएको छ । बैंकले नेपालको उच्च शिक्षा सुधारका लागि ६ करोड अमेरिकी डलर सहयोगको प्रस्ताव पारित गरेको हो ।
उच्च शिक्षाको गुणस्तर सुधार र विस्तारका लागि उक्त सहयोग रकम पारित गरेको हो । नेपालको शिक्षा क्षेत्र समयअनुसार सुधार गरी श्रम बजारका लागि आवश्यक दक्ष जनशक्ति तयार गर्न सहयोग गरिएको बैंकले जनाएको छ ।
नेपालमा कोभिडपछिको आर्थिक पुनरउत्थानमा सघाउ पुग्ने बैंकको अपेक्षा छ । नेपालमा शिक्षा क्षेत्र अत्यन्त कमजोर बनेको छ । मधेसको अवस्था त झन भयावह रहेको छ ।